अन्ततः नेपालका वितरकले स्वयंले गरे ‘आदिपुरुष’ नचलाउने निर्णय

काठमाठौँ - देशभरबाट ‘आदिपुरुष’ नचलाउने खबरहरू आइरहेको समय यो फिल्मको नेपाल वितरक श्री व्यंकटेस इन्टरटेनमेन्टले पनि हलबाट फिल्म झिक्ने निर्णय गरेको छ । कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्ट्याटस लेखेकै भरमा सिनेमा घरले फिल्मको प्रदर्शन रोकेको जनाउँदै अहिलेका लागि आफूहरूले पनि फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको जनाएको छ ।
बैंकटेशले फिल्मको प्रदर्शनलाई लिएर आएका भ्रामक समाचारमा पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । तर विज्ञप्तिमा के कुरा भ्रामक भएको भन्ने कुरा चाहिँ खुलाइएको छैन । फिल्मको एक संवादलाई लिएर चौतर्फी विवाद भएपछि केही हलले स्वतःस्फूर्त रुपमा फिल्म नचलाउने निर्णय गरेका थिए भने केही ठाउँका मेयर स्वयंले चलचित्र नचलाउन आदेश जारी गरेका थिए ।
तर अरुभन्दा पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारबाट ‘आदिपुरुष’ मात्र होइन कुनै पनि हिन्दी फिल्म नचलाउने अडान नछाडेपछि हल र वितरक फिल्मको प्रदर्शन रोक्न बाध्य भएका छन् ।तर बालेनको अडानले बाँकी हिन्दी फिल्मको प्रदर्शनको भविष्य पनि अन्यौलमा परेको छ । आउँदो हप्ता अर्को हिन्दी फिल्म ‘सत्य प्रेमकी कथा’ प्रदर्शन हुने सूचीमा छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया