जेम्स एन्डरसनको 'फर्स्ट क्लास' क्रिकेटमा ११ सय विकेट पूरा

काठमाडौँ- इंग्ल्यान्डका फास्ट बलर जेम्स एन्डरसनले आइतबार ‘फर्स्ट क्लास’ क्रिकेटमा ११ सय विकेट पूरा गरेका छन् । अस्ट्रेलियाविरुद्धको एशेज टेस्ट सिरिजको पहिलो खेलमा ४० वर्षीय एन्डरसनले एलेक्स केरीको विकेट लिएर ११ सय विकेट पूरा गरेका थिए ।
सन् २००२ मा फर्स्ट क्लास डेब्यु गरेका एन्डरसनले २ सय ८९ खेलमा ११ सय विकेट लिएका हुन् । एन्डरसनको उत्कृष्ट बलिङ भनेको ७ विकेट लिएर १९ रन मात्र खर्चेको छ । उनले फर्स्ट क्लास क्रिकेटमा ५४ पटक पाँच विकेट र ६ पटक दश विकेट लिएका छन् ।
एशेज टेस्ट सिरिजको पहिलो खेलको तेस्रोको समाप्तीमा इंग्ल्यान्डले दोस्रो इनिङ्समा ३५ रनको अग्रता लिएर ब्याटिङ गरिरहेको छ । इंग्ल्यान्डले दोस्रो इनिङ्समा मात्र २८ रन जोड्दा २ विकेट गुमाएको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेट गुमाएर ३९३ रन बनाई पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । जबाफमा अस्ट्रेलियाले सबै विकेट गुमाएर ३८६ रन बनाएको थियो ।
चौँथो दिन आज नेपाली समय अनुसार दिउसो ३:४५ मा सुरु हुनेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया