संसदमा सुवालको आक्रोश : सरकारी मिडियामा खाली सरकार र मन्त्रीहरूको मात्रै आउने ?
काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरूलाई सत्तारूढ दलहरूको मुखपत्रको संज्ञा दिएका छन् । सोमबारको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सुवालले सञ्चारमन्त्रीले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरू गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरूको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।
‘खाली सरकारी पार्टीको, मन्त्रीहरूको मात्रै आउने, अरु कोही छैन यहाँ ? १३ वटा दल छन् संसदमा । अरुको केही सुन्नै नपाउने । सञ्चारमन्त्रीज्यूले सबै चिज सरकारको मात्रै प्रचार गर्नु भनेर निर्देशन दिन मिल्छ ?’ उनले भने ।
सुवालले खुमलटारस्थित रेडियो नेपालको ५० औं रोपनी जग्गा बिक्री गरेर करोडौं कमीसन खाने काम भएको बताए । त्यस्तो गतिविधिमा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै उनले भने, ‘रेडियो नेपालको खुमलटारस्थित ५० औं रोपनी जग्गा बिक्री गरेर करोडौं कमीसन खाने को–को हो ? कारबाही हुनुपर्यो ।’
उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा खर्च कटौतीको प्रस्ताव पनि पेस गरेका छन् ।
सोमबार संसदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल चलिरहेको छ ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया