सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्यो : उपप्राध्यापक चलाउने

काठमाडौँ- आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार अदालतभित्र होहल्ला र नारा जुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएकाे भन्दै आक्राेश व्यक्त गरे । उनले देशमा न्याय मरेको र मानवता हराएको बताए ।
आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो उनले गरे । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनकाे भनाइ छ । सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको आरोप उनको छ ।
आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई बाइपास गरेर सुनुवाइ हुनुभन्दा दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिनु उचित नभएको बताए । उनले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको उल्लेख गरे ।

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया