सांसदहरूको मागअनुसार संशोधन नभए बजेट पास हुन दिँदैनौँ : अध्यक्ष राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले बजेटमा सांसदका मागहरू सम्बोधन हुने गरी बजेट संशोधन नभए सत्तापक्षका सांसदहरूले नै बजेट पास हुन दिन नहुने बताएका हुन् । उनले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गरे ।
अध्यक्ष राउतले सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वयन नभए पनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको उल्लेख गरे । उनले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरू आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरूको कुरा सरकारले सुन्नुपर्ने जिकिर गरे ।
उनले सरकारले सांसदहरूका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरूलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका संसदहरूले आफ्नो अधिकार उपयोग गर्न आग्रह गरे । उनले मधेश प्रदेशभन्दा सुदूरश्चिममा ६ गुणा बढी बजेट गएको विनियोजन भएको भन्दै जनसंख्या वा मानव विकास सूचकांकका आधारमा बजेट निर्धारण गर्ने गरी संशोधन हुनुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया