मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

दलदलेमा एभरेष्ट बैंकको १२६औं शाखा उद्घाटन

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले नवलपरासीको दलदलेमा आफ्नो १२६औं शाखा उद्घाटन गरेको छ । उक्त शाखा देवचुली नगरपालिका–१३ का वडा अध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तेजप्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख  पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

उक्त वडाका अध्यक्ष पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरूलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे । 

साथै खालिङ्गले पन्जाब नेशनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सहज हुने विश्वास व्यक्त गरे ।