नेताहरू राष्ट्र र पार्टीको स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भए : नेता सिटौला

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् ।
उनले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताए । उनले पछिल्लो समय नेताहरूमा मात्रै नभएर सरकार, संसद, न्यायालय, राज्यका संवैधानिक निकायहरू समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हावी भएको दाबी गरे ।
उनले राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा मुलुकमा विभिन्न समस्या उत्पन्न भएको बताए । नेता सिटौलाले नेपालको वर्तमान राजनीतिक अवस्थाले निरन्तरता पाए नेपालले सोचेको गन्तव्यमा पुग्न नसकिने उल्लेख गरे ।
उनले नेपाली कांग्रेस भित्रको अवस्थामा अहिले कै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था हुने बताए । उनले एक पटक नेपाली कांग्रेसले देशमा आम जनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया