यो देश बनाउन सकिन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरू छन्, ठूलाठूला एयरपोर्टहरूले देश समुन्नत नबन्ने बताएका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश समुन्नत छ कि छैन भनेर मापन गर्ने कुरा भनेको देशमा बाँचिरहेका श्रमिकले सास फेर्ने अवस्था छ कि भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताए । उनले श्रमिकले जीवनयापन सहज रूपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने जिकिर गरे । उनले कांग्रेस संस्थापक नेता बिपी कोइरालाले श्रमिकको हकहितका लागि १५ वर्षे खाका बनाए पनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरूले समय पाए पनि काम गर्ने योजना बनाउन नसकेको बताए ।
महामन्त्री शर्माले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम कांग्रेसले बनाइरहेको बताए । उनले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया