बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्छ : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले देश बदल्नका लागि सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताए । नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने उनकाे भनाइ छ । उनले कांग्रेसलाई दुर्घटनाबाट बचाउनका लागि नेपाली कांग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गरे ।
महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए । उनले कांग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए ।
महामन्त्री थापाले सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता औंल्याए । उनले कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो नहुने भनाइ राखे । उनले कांग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले देश बदल्न सकिन्छ भन्ने आत्मविश्वास लिनुपर्ने उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया