आइपीएल खेलेका अस्ट्रेलियन खेलाडी घर फर्किए

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ खेलेका सबै अस्ट्रेलियन क्रिकेटर सोमबार सिड्नी पुगेका छन् । कोभिड-१९ का कारण आइपीएल स्थगित भएपछि अस्ट्रेलियन क्रिकेटर भारतबाट माल्दिभ्स गएका थिए । त्यहाँबाट उनीहरू अस्ट्रेलिया पुगेका हुन् ।
खेलाडी, प्रशिक्षक र अन्य अफिसियल गरी कुल ३८ जना मे ६ यता माल्दिभ्समा बसिरहेका थिए । भारतीय क्रिकेट बोर्ड (बीबीसीसीआई) को संमन्वयमा उनीहरूलाई अस्ट्रेलिया पुर्याएको हो । भारतबाट जानेलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाइएका कारण आइपीएलमा सहभागी अस्ट्रेलियन खेलाडी तथा प्रशिक्षक माल्दिभ्स हुँदै घर फर्केका हुन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया