जनकपुरका अस्पतालहरूमा अक्सिजन अभाव: गम्भीर संक्रमितको उपचारमा समस्या

जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पताल र विभिन्न निजी अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेको छ । अक्सिजन ग्यास अभावका कारण सरकारी तथा निजी अस्पतालहरूले कोभिड संक्रमितको उपचार गर्न नसक्ने बताउन थालेका छन् । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रमोद यादवले अक्सिजन ग्यास अभावका कारण संक्रमितको उपचार गर्न समस्या भएको बताए ।
'कोभिड अस्पतालमा ६५ वटा बिरामी छन्,' उनले भने, 'सबैको अक्सिजनमै राखेर उपचार भइरहेको छ, उपलब्ध सबै अक्सिजन बिरामीलाई दिइएको छ । अक्सिजन सहियो भयो भने ठूलो समस्या हुनेवाला छ । अब थप संक्रमितको उपचार नै गर्न नसक्ने अवस्था आइसकेको छ ।' प्रदेश सरकार र स्थानीय प्रशासनलाई पटक-पटक आग्रह गर्दा पनि कुनै चासो नलिएको उनले गुनासो गरे । अक्सिजन अभावमा एउटा सिलिण्डर पालोपालो गरी ३/४ वटासम्म बिरामीको उपचार गर्ने अवस्था आइसकेको उनले बताए ।
प्रादेशिक अस्पतालले आपूर्तिकर्ता भाजुरत्न ईन्जिनियरिङ्ग र उत्पादक ढल्केवर ग्यास उद्योगसँग कारोबार गर्दै आएको थियो । तर भाजुरत्नले करिब दुई सातादेखि आपूर्ति नै बन्द गरेको छ भने ढल्केवरले मात्रै दिँदै आएको छ । त्यसले पनि अल्टरनेटिभ रूपमा ४०/५० वटा मात्र उपलब्ध गराउँदै आएको छ ।
यहाँका अस्पतालहरूलाई दैनिक बढीमा ४ सय सिलिन्डर उत्पादन गर्ने ढल्केवर ग्यास उद्योगले धनुषासहित महोत्तरी, सर्लाही, सिरहा, सप्तरी र सिन्धुली आपूर्ति गर्दै आएको संक्रमित बढदै गएपछि प्रादेशिक अस्पतालमा चरम अभावको श्रृजना भएको बताइएको छ । प्रादेशिक अस्पतालका साथै निजी अस्पताल संचालकहरूले अक्सिजन अभावमा अब कोभिड बिरामीको उपचार गर्न नसक्ने बताएका छन ।
निजी अस्पताल संघ धनुषाका अध्यक्ष तथा काव्या हस्पिटलका संचालक डा. सुधाँसु सिंहले जनकपुरधाममा मात्रै करिब १५ वटा अस्पतालले कोभिड बिरामीको उपचार गर्दै आएको बताए । तर अक्सिजन अभावमा अब उपचार गर्न नसक्ने अवस्थामा पुगेको बताए । 'नयाँ बिरामीलाई भर्ना लिन छाडेका छौं,' उनले भने, भएका बिरामीहरूलाई पनि बाहिर रेफर गर्नु परिरहेको छ ।'
यता अक्सिजन ग्यास सप्लायर्स भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स जनकपुरधाम शाखाका मनोज ठाकुरले पनि अस्पतालहरूमा अक्सिजन पुर्याउन नसकेको स्वीकार गरे । आफूहरूसँग पनि नभएकोले दिन नसकिएको उनले बताए ।
'विरगंजको हिमाल अक्सिजन उद्योगबाट हामीले अक्सिजन लिने गरेको थियौं,' उनले भने, 'तर त्यहाँका स्थानीय प्रशासनले पहिलो प्राथमिकता स्थानीय सप्लायर्सहरूलाई दिने निर्देशन दिएपछि त्यहाँबाट आपूर्ति नै बन्द भएको छ । हामी कहाँ अक्सिजनको अभाव हुन गएको हो ।'
धनुषामा भाजुरत्न इन्जिनीयरिङ्ग र न्यू मानिया ट्रेडर्ससहित दुई वटा अक्सिजन रिफिलिङ्ग आपूर्तिकर्ता र ढल्केवर ग्यास उद्योग एकमात्र ग्यास उत्पादनकर्ता हुन । ढल्केवर ग्यास उद्योगले दैनिक ४ सयको हाराहारीमा र भाजुरत्न र न्यू मानिया ट्रेडर्सले एक/दुई दिनको अन्तराई करीब डेढ/डेढ सयको संख्यामा निर्यात गर्दै आएका छन् ।
प्रादेशिक अस्पताल र निजी अस्पतालहरूले जनकपुरधाम क्षेत्रमा ग्यास उत्पादन र निर्यात भइरहेको छ । ती ग्यासहरू मात्र जनकपुरधाम क्षेत्रमा आपूर्ति गरियो भने कमी नहुने स्थानीयले बताउँदै आएका छन् । तर, महँगो दरमा बाहिर सप्लाई गर्दै आएको कारण यहाँ कृतिम आभाव श्रृजना गरिएको उनीहरूको आरोप छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले अक्सिजनको आभाव प्रदेश २ मात्रै नभई देशैभरी भएको दाबी गरे । सबै सप्लायर्स र उत्पादक कम्पनीलाई वितरण गर्न निर्देशन दिएको उनले बताए । एक/दुई साताभित्रै सबै सरकारी अस्पतालमा ग्यास रिफिलिङ्ग प्लान्ट जडान र निजी स्तरमासमेत केही उद्योग निर्माणको क्रममा रहेको कारण समस्या समाधान हुने उनले दाबी गरे ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलले विराटनगरस्थित उद्योगलाई पनि गाडी पठाएर पटक-पटक अनुरोध गरिरहेको बताए । तर देशैभरी अभाव भएको कारण उनीहरूले पनि स्थानीय क्षेत्रलाई बढी प्राथमिकता दिने गरेका कारण आपूर्तिमा समस्या भएको बताए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया