थपिए ९,२४७ संक्रमित, २१४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ६ सय ५३ पीसीआर परीक्षणका क्रममा ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परीक्षणका क्रममा ४९ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । त्यस्तै थप २१४ जनाको कोभिडका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा पाँच हजार दुई सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप ५ हजार ७ सय ६७ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् । हाल एक लाख १३ हजार ४८० सक्रिय संक्रमित आइसोलेशनमा र ७०८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख ९२ हजार ६७३ वटा पीसीआर परीक्षण गरिएको छ ।

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

प्रतिक्रिया