विपन्न महिलाले पाटन अस्पतालमा उपचारका लागि आर्थिक सहयोग पाउने

काठमाडौं– पाटन अस्पतालमा अब विपन्न महिलाले उपचारका लागि आर्थिक सहयोग पाउने भएका छन् । सानिमा बैंक लि. र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । उक्त सम्झौता पत्रानुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।
सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।
बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बंैकका प्रमुख निक्षेप हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ कार्यालय र १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया