बिरामीलाई निःशुल्क चिया, अण्डा र ज्वानोको झोल

बुटवलः मृत्युसँग लडिरहेका कोभिड–१९ संक्रमित र अस्पतालमा भर्ना भएका अन्य बिरामीलाई परिसरमै तातो पानी, ज्वानोको झोल, चिया र अण्डा । महाविपत्तिका बेलामा यस्तो मानवीय कार्य ? नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संक्रमण भएर भीम अस्पतालमा रहेका बिरामीका लागि यस्तो सुविधा सुरु गरेको हो ।
शनिबारदेखि सुरु गरिएको खाजा कार्यक्रम केही दिनसम्म निरन्तरता दिने पार्टीका नगर इञ्चार्ज तीरबहादुर रोकायले बताए । दिनको तीन पटक बिहान, दिउँसो र साँझ बिरामीलाई आवश्यकताअनुसार तातो पानी, बेसार पानी, ज्वानोको झोल, चिया र अण्डा वितरण गरिएको छ । अस्पतालमा भर्ना भएका बिरामी र बिरामी कुरुवाहरूका लागि आवश्यक पर्ने खानेकुराहरू स्थानीय बजारमा निषेधाज्ञा जारी भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रूपमा वितरण गरेको रोकायले बताए ।
महामारीको बेलामा आपत्तमा परेका बिरामीहरूका लागि मानवताको हिसाबले सहयोग गरिएको माओवादी केन्द्रका नेता फैज अहमद खानले बताए । होटलहरू समेत बन्द भएकोले भोक बस्न बाध्य बिरामीका आफन्तहरूलाई समेत राहत मिलेको छ ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया