स्व. मन्त्री सिंहलाई धनगढीमा दिइयाे अन्तिम श्रद्धाञ्जलि, शवलाई हेलिकाेप्टरबाट बझाङ लगिदैं

कैलाली । दुर्घटनामा परि निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जलि दिएका छ्न । मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललगायत सयौंको संख्यामा उपस्थित स्थानीय तथा आफन्तहरुले श्रद्धाञ्जलि अर्पण गरे । श्रद्धाञ्जलि अर्पण गर्दै मुख्यमन्त्री शाहले मन्त्री सिंहको मृत्युले प्रदेशले एक कुशल व्यक्ति र सरकारले एक असल मन्त्री गुमाउनु परेको भन्दै दुख व्यक्त गरे ।
बुधबार (आज) बिहान धनगढीस्थित कभर्डहलमा सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिइसके पश्चात् उनकाे पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि हेलिकाेप्टरमार्फत बझाङ लागिने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।
मंगलबार धनगढीबाट डडेल्धुरा जाँदै गरेको मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुरा बाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको १ धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा गाडीमा सवार मन्त्री सिंह, श्रीमती अमृता सिंह, भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो ।

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

प्रतिक्रिया