चेल्सीका एन'गोलो कान्टे साउदी क्लब अल-इतिहादमा आबद्ध

काठमाडौँ- साउदी अरेबियन क्लब अल-इतिहादले युरोपमा खेल्दै आएका अर्को खेलाडी भित्र्याएको छ । साउदी प्रो लिग विजेता अल-इतिहादले इंग्लिस क्लब चेल्सीबाट खेल्दै आएका एन'गोलो कान्टेलाई तीन वर्षको लागि क्लबमा भित्र्याएको स्काई स्पोर्ट्सले जनाएको छ ।
३२ वर्षीय फ्रान्सेली मिडफिल्डलर कान्टेले सात वर्षपछि चेल्सी छोडेका हुन् । फ्रान्सकै अर्का खेलाडी करिम बेन्जेमा पनि यसै महिनाको सुरुवातमा अल-इतिहादमै आबद्ध भएका थिए ।
चेल्सीमा रहँदा कान्टेले प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग, युरोपा लिग र यूईएफए सुपर कप जितेका थिए । कान्टेले फ्रान्सबाट २०१८ को विश्वकप र इंग्लिस क्लब लेस्टर सिटीबाट प्रिमियर लिग पनि जितेका छन् ।
चेल्सीकै अर्का खेलाडी हाकिम जियेच पनि साउदी क्लब अल-नासरबाट खेल्ने कुरा चल्दै छ । इटालियन पत्रकार फाब्रिजियो रोमानोका अनुसार अल-नासर र जियेचबीच मौखिक सम्झौता भईसकेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया