एएफसी कप छनोटः मछिन्द्रले भुटानी क्लबसँग खेल्ने

काठमाडौँ- एएफसी कप छनोटअन्तर्गत नेपालका मछिन्द्र फुटबल क्लबले पहिलो खेल भुटानी क्लबसँग खेल्ने भएको छ । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा उपविजेता बनेको मछिन्द्रले भुटानको पारो एफसीसँग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
मछिन्द्र र पारोबीचको खेल अगस्ट ८ मा हुने भएपनि खेल स्थलको भने टुंगो लागेको छैन । एएफसी क्लब लाइसेन्सिङ प्राप्त गरेका कारण मछिन्द्र लिगको उपविजेता बनेपनि एएफसी कपको छनोट खेल्न पाएको हो ।
गत संस्करणको छनोटमा पनि मछिन्द्रले सहभागिता जनाएको थियो । तर श्रीलंकाको ब्लुस्टारसँग पराजित हुन पुगेको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया