साफ च्याम्पियनसीपः पहिलो हाफमै नेपालविरुद्ध कुवेतलाई २ गोलको अग्रता

काठमाडौँ- भारतमा बुधबारबाट सुरु भएको साफ च्याम्पियनसीप फुटबलको पहिलो खेलमा कुवेतविरुद्ध नेपाल पछि परेको छ । समूह ‘ए’ अन्तर्गत बैँग्लुरुको श्री कान्तिराभा स्टेडियममा पहिलो हाफको समाप्तिमा नेपाल २-० ले पछि परेको हो ।
कुवेतका कप्तान खालेद हाजिया र शबाइब अलखाल्दीले एक-एक गोल गरे ।
कुवेतले २३ औँ मिनेटमा नेपालविरुद्ध अग्रता लिएको थियो । कुवेतका कप्तान हाजियाले २३ औँ मिनेटमा गोल गरे । अनमार्क रहेका हाजियाले नेपाली गोलरक्षक किरण चेम्जोङ पोस्टमा नरहेको मौकाको सदुपयोग गरेका थिए ।
त्यसैगरी, ४१ औँ मिनेटमा अलखाल्दीले कुवेतका लागि दोस्रो गोल गरे ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया