'विभेदरहित नेपाली विशेषताको समाजवाद निर्माण गर्न समाजवादी मोर्चा गठन'

काठमाडौँ- जनता समाजवादी पार्टीले विभेदरहित समाजको निर्माण गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न समाजवादी मोर्चा गठन गरिएको जनाएको छ ।
बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जसपाले मुलुकमा देखापरेका राष्ट्रिय समस्या समाधान गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न मोर्चा गठन गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले घोषित साझा विषयमा सहकार्य गर्न मोर्चा गठन गरिएको भन्दै मोर्चामा रहेका दलहरूको अलग अलग अस्तित्व रहने जिकिर गरे ।
उनले जसपाले आफ्ना एजेण्डा छाडेको भन्ने प्रचार गलत भएको र आफ्ना मुद्दाहरू थप बलियो ढंगले अघि बढाउने आधार तय भएको उल्लेख गरे । त्यस्तै अध्यक्ष यादवले डा बाबुराम भट्टराईलाई मोर्चामा कहिल्यै नदेखेको भन्दै इच्छुक भए समेट्न तयार रहेको उल्लेख गरे । उनले अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको भन्दै सुधार गर्नुपर्ने बताए ।
त्यस्तै यादवले राज्यले देशको ठूलो समुदायलाई नागरिकताविहीन बनाएको र अहिले पनि त्यही मानसिकता देखिएको जिकिर गरे । उनले नागरिकता सम्बन्धी कानुनलाई व्यवहारमा लागू गर्नुपर्ने र आफ्नै देशका नागरिकलाई नागरिकता नदिने असंवैधानिक काम गर्न नहुनेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया