हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँः वामदेव गौतम

काठमाडौँ - राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन् ।
बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रुपमा विकास गर्नुपर्ने बताएका हुन् । उनले नेपाललाई भूगर्भ र सतहअनुसार किावस गर्न नसक्दा दिगो विकास हुन नसकेको बताए । उनले नेपालको जमिन हल्लिरहेको भन्दै उनले कुनैपनि बेला विपद्जन्य घटनाहरु हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराए । उनले नेपालको नेतृत्वमा भौगोलिकताअनुसार विकास गर्ने सोच
नभएको बताए ।
उनले भने, ‘हामीले हाम्रो देशको भूगर्भित, सतहको आधारमा विकास गरेनौँ । दिगो विकास गरेनौँ । त्यसकै परिणाम आज हामी भोग्दैछौँ । पोहोर साल हाम्रो सगरमाथा बढ्यो । यो प्रमाण के हो भने हाम्रो जमिन हल्लिरहेको छ । हल्लिरहेको जमिन हो, कुनैपनि बेला बाढी आउन सक्छ । थोरै मात्रै केही तलमाथि पर्यो की पहिरो गइहाल्छ । हामीले यस्तो ठाउँमा कसरी विकास गर्ने भन्ने सोचाई भएन । यो परिवर्तन गर्नुपर्छ । हिमालमा त्यही किसिमको व्यवस्थापन गरौँ । हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ । त्यस्ता टाकुरा १० हजार भन्दा धेरै छन् । त्यहाँ पर्यटन स्थल बनाइदियो भने पर्यटन कहाँ राखौँ भन्ने अवस्था आउँछ तर हामीले त्यो गर्न सकेनौँ । अरुको देखेर जहाँ पनि डोजर चलाएका छौँ । त्यसको निययन्त्रण गरौँ र दिगो विकास त्यहाँ लागू गरौँ ।’
सदस्य गौतमले पहाडमा जबरजस्ती चलाइएको डोजर आतंक रोकेर दिगो विकास लागू गर्नुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया