सुखद रहेन भिडियोमा पल शाहको कमब्याक

काठमाडौँ - पल शाह जेल गएपछि संगीत उद्योग मुर्छाएको टिप्पणी सुनिन्थ्यो । पलका केही शुभचिन्तक त पल नहुँदा म्युजिक भिडियो ठप्प भएको वक्तव्य दिन्थे । त्यसैले एक वर्षको जेल बसाइपछि पल फर्किँदा म्युजिक भिडियोमा काम गर्ने प्राविधिक सबैभन्दा खुसी थिए । किनकि पल जेल जानुअघि महिनामा २० वटासम्म भिडियो खेल्थे । रोजगारको हिसाबले उनीहरू खुसी हुनु जायज नै थियो । तर लकडाउनमा फस्टाएको म्युजिक भिडियोको व्यापार महामारी सकिएसँगै सुस्ताएको छ । रहर पूरा भई नसकेका गीतकार वा लगानीकर्ताले फाट्टफुट्ट भिडियो बनाइरहेका छन् तर यसरी बनाएका भिडियोमा दर्शकको खडेरी छ ।
यही खडेरी पल शाहका भिडियोमा पनि देखिएको छ । जेलबाट फर्केपछि केही समय विश्राम गरेर म्युजिक भिडियोमा फर्किएका उनले आफ्नै निर्देशनको भिडियोबाट कमब्याक गरेका थिए । उनले कमब्याक गरेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतले पुरुष स्वरमा जति दर्शक पाएको थियो त्यति महिला स्वरले पाएन । तर पनि पलले पछिल्लो समय गरेका अन्य गीतभन्दा यसलाई धेरै दर्शकले हेरेका छन् ।
तर यसपछि सार्वजनिक भएका ‘करोडौँलाई हेरेर’ ‘तिमी छौ र त’, ‘लुम्बिनी जता तिमी, उतै म झुम्मिने’, कुनै पनि गीतले १० लाखको आँकडा पनि कटाउन सकेका छैनन् । यो बीचमा उनले खेलेका ‘थाहै भएन’ र ‘सक्छौ र तिमी म बिना बाँच्न’ले मरेर १० लाख भ्युज कटाएका छन् भने ‘आँशु बनी नखस कैले नी’ले २० लाख ।
अहिले पल शाहका गीतमा मात्र हैन समग्रमा युट्युबमा भ्युज घटिरहेको अवस्था हो । यही कारण पल शाहका गीतमा मात्र दर्शक नआएको निष्कर्ष निकाल्न सकिँदैन तर यो बीचमा उनले खेलेका भिडियो अडियोका हिसाबले भने कमजोर छन् । कुनै पनि गीत दर्शकले गुनगुनाउने गरी मनमा बसेका छैनन् । यो कुराले पनि पलको कमब्याक कमजोर बनाएको छ ।
पलले आजभोलि एउटा भिडियो खेलेको ३ लाख रुपैँया माग्ने गरेको बजारमा चर्चा छ । योसँगै डेढ दुई लाखको स्पोन्सर्ड वा बुस्ट गर्नुपर्ने शर्त पनि उनले राख्ने गरेको भुक्तभोगी बताउँछन् । यसरी पलका लागि मात्र एउटा भिडियोमा ५ लाख खर्च हुन्छ भने यसमा भिडियो मेकिङको पैसा छुट्टै लाग्छ । कलाकार, निर्देशक, छायांकार र सुटिङको रुपैँया जोड्दा कम्तिमा पनि एउटा भिडियो बनाउन १० लाख खर्च हुन्छ । तर ५ लाख पनि भ्युज नहुँदा यस्ता भिडियोबाट लगानी उठाउने सम्भावना लगभग शून्य छ ।
एक त पलले अभिनय गरेको भिडियोले दर्शक पाएका छैनन् झन् त्यसमाथि कमजोर अडियो । पलको म्युजिक भिडियोको दोस्रो इनिङ भने अहिलेसम्मलाई दमदार देखिएको छैन ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया