दार्चुलामा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

कैलाली। दार्चुलामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। वर्षाका कारण हिलोसहितको लेदो खस्दा राजमार्गको दार्चुला–गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका–८ स्थित असिगाडामा सडक अवरुद्ध भएको हो।
गएरातीको वर्षाले सडक माथिबाट पहिरो खस्दा आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सडक अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन ठप्प भएका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
अबरुद्ध सडक खुलाउनको लागि हेवी ईक्युपमेन्ट डिभिजन कार्यालयले प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रतिक्रिया