विश्वकप छनाेट : नेपाल यसरी पुग्न सक्छ सुपर सिक्समा

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोलि (शनिबार) नेदरल्यान्ड्सको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ ।
समूह चरणअन्तर्गत नेपालले हालसम्म तीन खेल खेलिसकेको छ । नेदरल्यान्ड्सले भने केवल दुई खेल मात्र खेलेको छ । नेपालले खेलेका ३ मध्ये केवल एक खेलमा जित हात पार्दा दुईमा पराजय भोगेको छ । नेपालले जिम्बाब्वे र वेस्ट इन्डिजसँग पराजय भोग्दा अमेरिकामाथि जित हात पारेको थियो । नेपालले ३ खेलबाट २ अंक मात्र जोडेको छ ।
यता नेदरल्यान्ड्सले भने एक खेलमा पराजय भोग्दा एक खेलमा जित हात पारेको छ । उसले जिम्बाब्वेविरुद्ध पराजय भोग्दा अमेरिकामाथि जित हात पारेको थियो । नेदरल्यान्ड्सको पनि २ अंक छ । तर नेट रनरेटमा भने नेदरल्यान्ड्स नेपालभन्दा माथि छ ।
यसै समूहमा दुवै खेल जितेका वेस्ट इन्डिज र जिम्बाब्वे समान ४-४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । सुपर सिक्समा पुग्न नेपाल समूह ‘ए’ को शीर्ष ३ मा पर्नैपर्छ ।
तर सुपर सिक्समा स्थान बनाउन भने नेपालका लागि त्यति सहज भने छैन । सुपर सिक्समा पुग्न नेपालले शनिबारको खेलमा नेदरल्यान्ड्सलाई पराजित पराजित गर्नैपर्ने हुन्छ । त्यो नतिजाले पनि नेपालका लागि पर्याप्त भने हुँदैन । नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित पनि हुनुपर्ने हुन्छ । अथवा नेट रनरेटमा नेपाल माथि आउनुपर्छ ।
शनिबार नै हुने जिम्बाब्वे र वेस्ट इन्डिजबीचको खेलका नतिजाले पनि समीकरणमा केही फरक भने पार्न सक्छ । किनभने समूह चरणको अन्तिम खेलमा जिम्बाब्वेले अमेरिका तथा वेस्ट इन्डिजले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया