भारतविरुद्धको खेल फाइनलसरह हुनेछ : नेपाली प्रशिक्षक भिन्सेन्जो

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले भोलि (शनिबार) आयोजक भारतको सामना गर्दैछ । नेपाल र साविक विजेता भारतबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ३-१ को पराजय भोगेको थियो । नेपालका लागि एकमात्र गोल अन्जन विष्टले गरेका थिए । यता कप्तान सुनिल क्षेत्रीको ह्याट्रिकको मदतमा भारतले भने पहिलो खेलमा पाकिस्तानलाई ४-० ले पराजित गरेको थियो ।
गत सिजनको उपविजेता नेपालले सेमिफाइनलको सम्भावना कायमै राख्न शनिबारको खेलमा भारतलाई पराजित गर्नुपर्ने हुन्छ ।
तर, नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनेसले भने भारतविरुद्धको खेल नेपालका लागि फाइनलसरह नै हुने बताएका छन् ।
‘भारतविरुद्धको खेल हाम्रा लागि फाइनलसरह नै हुनेछ । नेपाल-भारतबीचको खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुन्छ र मैले भारतमा पनि समय विताएको तथा खेलाडीलाई चिनेको हुनाले सो खेल मेरा लागि सम्झनलायक हुनेछ,’ भारतविरुद्धको खेलअघि एनेसले थपे ।
भिन्सेन्जोले पहिलो खेलमा कुवेतविरुद्ध हार बेहोर्नुमा खेलाडीको अनुभवको कमीका कारण भएको बताउँदै नेपालले कुवेतविरुद्ध दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बताए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया