विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही हुने

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार नगराउने अस्पतालहरूलाई कारबाही गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विपन्न, गरिब, असहाय र बेवारिसे नागरिकहरूलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गर्ने बताएका हुन् ।
उनले अस्पताल सञ्चालनका लागि सरकारसँग अनुमति लिँदा १० प्रतिशत उपचार विपन्न, गरिब, असहाय, बेवारिसे बिरामीहरूलाई निःशुल्क गर्न गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । उनले दशकौँदेखि सो सम्झौता कार्यान्वयन हुन नसकेको अवस्थामा आफू स्वास्थ्य मन्त्रालयमा आएसँगै कार्यान्वयन हुन थालेको बताए ।
मन्त्री बस्नेतले आफू सुर्तिजन्य पदार्थमा कर बढाउनका लागि लागिपरिरहेको पनि उल्लेख गरे ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया