दुर्घटनामा मृत्यु भएका मन्त्री सिंहको शव यात्रामा उर्लियाे मानव सागर

कैलाली । मंगलबार गाडी दुर्घटनामा मृत्यु भएका सुदूर पश्चिमका स्वर्गीय मन्त्री पृथ्वी बहादुर सिंहको शव यात्रामा मानव सागर उर्लिएको छ ।
जिल्ला अस्पतालबाट सुरु भएको शव यात्रामा नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको छ ।
धनगढीबाट जाने क्रममा गाडी दुर्घटनामा परी मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयाको मंगलबार मृत्युु भएको थियो ।
जेठो छोरा आदेश बिदेशबाट आएपछि मन्त्री सिंहसहित तीनै जनाको आज दाह संस्कार गर्न लागिएको हो ।स्थानीय डुङरी घाटमा मन्त्री सिंहको दाह संस्कार गरिने छ ।
स्वर्गीय मन्त्री सिंहको अन्त्येष्टीमा सहभागी हुन सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाह धनगढीबाट बझाङ पुगेका छ्न् ।

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

प्रतिक्रिया