लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी हर्षित

काठमाडौँ- कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरू खुसी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरूको बुझाइ छ । व्यवसायीहरू सरकारले कोराेना महामारीपछि पर्यटन प्रवर्द्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महसुस आफूले गर्न नसकेको बताउँछन् । उनीहरूले देशको आर्थिक अवस्थालाई सुदृढ पार्न पनि पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरू खुशी भएको बताए । उनले व्यवसायीहरूले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवर्द्धनमा जोड दिएकाले पनि पर्यटकहरूको आगमन बढेको बताए । ड्रागन बोट रेस फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरू पोखरामा आएको र उनीहरूबाट अन्य पर्यटकहरू पनि आउने वातावरण बनेको बताए । उनले पोखरा विमानस्थल नियमित सञ्चालन हुनसके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताए ।
त्यस्तै होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरू बढ्दा व्यवसायीहरूमा आशा थपिएको बताए । उनले पोखरामा पर्यटकहरू बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरूका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको बताए । उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताए । उनले पोखरा विमानस्थल नियमित सञ्चालनमा आउन सके पर्यटकहरूको कमी नहुने बताए ।
त्यस्तै गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूले पर्यटकहरूको आवागमन बढे पनि स्थायी हुन नसकेको गुनासो गरे । उनले कोरोनापछि पर्यटकहरू बढेको भएपनि उल्लेख्य मात्रामा अझै बढ्न नसकेको बताए । उनले पोखरामा विदेशी पर्यटकहरूको आगमन अझै कम रहेको बताए ।
व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिनसके व्यवसायीहरूको मनोबल बढ्ने र पर्यटकहरू पनि वृद्धि हुने बताए । उनले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया