सिचुवानलाई नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस’को उपाधि

पोखरा- पोखरामा सम्पन्न नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ ।
शुक्रबारदेखि जारी खेलमा दुई सय र पाँच सय मिटरको दुवै प्रतिस्पर्धामा सिचुवानले उपाधि जितेको हो । उपाधि जितेसँगै दुवै विधामा सिचुवानले पाँच लाख पचास हजारको दरले एघार लाख रुपैयाँ पुरस्कार पाएको छ ।
प्रतियोगितामा नेपाली टिम नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ड्रागन टिम दोस्रो भएको छ । दुवै विधामा दोस्रो स्थान बनेसँगै नेपाली टिम नारा टिमले तीन लाख पचास हजार रुपैयाँका दरले सात लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा चीनको युनान ड्रागन बोट टिम दुवै विधामा तेस्रो भएको छ । युनानले दुई लाखका दरले चार लाख रुपैयाँ पुरस्कार पाएको छ ।
विजेता खेलाडीहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनिया राजदूत छन् सोङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजना प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगिता समापनसँगै अर्को वर्ष पुनः फेस्टिवल गर्ने उद्घोष गरिएको छ । सोही अवसरमा फेस्टिभलमा प्रयोग गरिएको ८ वटा डुंगा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_cdhoxMbAWe_u4fhq1ixhsn6ava5tncx84qpafnden8hqtqvy9k7uyyskr9e2a2b5k0yokt5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया