मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

भारतसँग नेपाल पराजित

काठमाडौँ- १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल आयोजक भारतसँग पराजित भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपाल भारतसँग २-० ले पराजित भएको हो । भारतका लागि सुनिल छेत्री र एनएम सिंहले एक-एक गोल गरे ।

यससँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।

पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो । भारतले भने पाकिस्तानलाई ४-० ले हराएको थियो ।

समूह 'ए' मा रहेको नेपाल अंकविहीन रहेको छ ।