‘आदिपुरुष’माथि प्रतिबध लगाउन प्रधानमन्त्री मोदीलाई चिठ्ठी

मुम्बई -‘आदिपुरुष’माथि मान्छेको रिस अझै मरेको छैन । विभिन्न हिन्दूवादी धार्मिक संगठनसँगै भारतका कलाकारहरूको छाता संगठन अल इन्डिया सिने वर्कर्स एसोसियनले फिल्मलाई प्रतिबन्ध लगाउन र यसका निर्माता टिसिरिज, निर्देशक ओम राउत र संवाद लेखक मनोज मुन्तसिरलाई पक्राऊ गरी सजाय दिन माग गरेको छ । संगठनले यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र मुम्बई प्रहरीलाई पत्र लेख्दै अनुरोध गरेको छ ।
एसोसिएसनका अध्यक्ष सुरेश श्यामलाल गुप्ता हस्ताक्षरित पत्रमा भनिएको छ, ‘चलचित्रले राम, सीता र हनुमानले जसरी प्रस्तुत गरेको छ यसले हिन्दूहरूको आस्थामाथि प्रहार भएको छ । निर्माताले अझ पैसा घटाइ घटाइ यो फिल्म देखाउन लागेका छन् जसले राममाथि आस्था राख्नेलाई गलत चित्र प्रस्तुत गरिएको छ । त्यसैले यसका लेखक, निर्माता, निर्देशक र कस्ट्युम डिजाइनरविरुद्ध एफआइआर दर्ता गरी कारबाही गर्न अनुरोधन गर्दैछौँ ।
गुप्ताले सोही आसयको पत्र मंगलबार नरेन्द्र मोदीलाई पनि पठाएका थिए । रामायणमा आधारित रही तयार गरिएको फिल्म प्रदर्शनको दिनदेखिनै विवादको घेरामा छ । खास गरी फिल्मका संवाद र रामको चरित्र चित्रणलाई लिएर यो फिल्मले सुरुदेखि नै गाली खाँदै आएको छ । भारतमा आउँदो सालको चुनावलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री मोदीको इशारामा यस्ता फिल्म बनिरहेको टिप्पणी गरिएको छ । तर यो पटक ‘आदिपुरुष’ले भने हिन्दूवादीलाई नै नराम्ररी भटकाएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया