महिलाहरू घरभित्रै सुरक्षित छैनन् : सांसद तिवारी

काठमाडौं – नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले बढ्दो महिला हिंसाको घटनालाई लक्षित गर्दै महिलाहरू आफ्नै घरभित्रै सुरक्षित नभएको जिकिर गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै उनले हालै काभ्रे र भोजपुर जिल्लामा घटेको घटनाको उदाहरण दिँदै त्यसो भनेकी हुन् । उनले भनिन्,‘ देशमा आर्थिक मन्दी छ । बढ्दो बेरोजगारी, गरिबी र कानुनी सचेतनाको कमीका कारण महिलाहरूमाथि घरेलु हिंसा, हत्या बढ्दो छ ।’
भर्खर काभ्रेको नमोबुद्ध नगरपालिका नगरसभाकी सदस्य ज्ञानी बिक र भोजपुर जिल्लाको आमचोक गाउँपालिका–१ भञ्जयाङखर्क बस्ने सावित्रा विकको हत्याको उदाहरण दिँदै उनले सरकार गम्भीर भएर छानबिनमा लाग्नुपर्ने माग गरिन् ।
सदनमा बाेल्दै उनले मृत लासमा षडयन्त्र भएको र यसको कडा छानबिन होस् भन्दै सभामुख मार्फत नेपाल सरकारको गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया