शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

रोप्न लागेको धानको ब्याड र पाकेको मकै बाढीले नष्ट गर्‍यो : सांसद थिङ

काठमाडौं – नेपाली काँग्रेसकी सांसद सुसिला थिङले शनिबार सिन्धुलीमा आएको बाढीपहिरोलाई लक्षित गर्दै सरकारले केही कदम उठाउनुपर्ने कुराको जोडदार माग गरेकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शनिबारको बाढी पहिरोले ३१ घरपरिवारमा ल्याएको क्षतिका बारेमा सभामुख मार्फत सरकारलाई स्मरण गराएकी छिन् । 
उनले भनिन्,‘ ३१ घरपरिवार क्षतिग्रस्त छन् । । रोप्न लागको धानको ब्याड र पाकेको मकै भित्र्याउन नपाई नष्ट भयो । बाढीपहिरोबाट कुखरेटारका एक माझी परिवारको घरगोठ पहिरोले पुरेको छ । जसमा पाँच वटा सुङ्गुर र ६० वटा स्थानीय जातका कुखुराहरू नष्ट भएका छन् । यो क्षेत्र निकै जोखिमपूर्ण छ ।’

सभामुखमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनले भनिन्,‘ क्षतिग्रस्त परिवारलाई तत्काल राहत वितरण गरियोस् ।’