शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

धनगढी उपमहानगरकाे बजेट १ अर्ब ९३ करोड २० लाख

कैलाली- धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ९३ करोड २० लाख २४ हजार २९८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

उपमहानगरपालिकाको नगरसभाको १० औं अधिवेशनले चालु खर्च तर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगत खर्च तर्फ ७५ करोड ६३ लाख २७ हजार १५५ रुपैयाँको बजेट उपमहानगरपालिकाकी उपमेयर कन्दकलाकुमारी रानाले प्रस्तुत गरेकी थिइन् ।

बजेट प्रस्तुत पश्चात् उक्त बजेट पासका लागि मेयर गोपाल हमालले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।