नेप्से परिसूचक ६२.२१ अंकले वृद्धि

काठमाडौँ - साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो ।
त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८९ अंकले बढेको छ । नेप्से ६२ अंकले बढेसँगै नेप्से परिसूचक २१ सय बिन्दुमाथि पुगेको छ । आइतबार कारोबारमा आएका २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
सो कारोबार पछिल्लो ६ महिनाको सबैभन्दा धेरै हो । गत पुस २६ गते नेप्सेमा ७ अर्ब ४० करोडको कारोबार भएको थियो । गत विहीवार ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । हिबीबारको तुलनामा आइत्बार दोब्बरले कारोकार रकममा वृद्धि भएको छ ।
आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूहको परिसूचक हरियाली भएको छ । जसमा सबैभन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक ७.७९ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से परिसूचक ६२.२१ अंकले बढेसँगै ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५०, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल र शिवम् सिमेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, हिमालयन उर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता शुभम पावरको शेयरमूल्य ६.८१ प्रतिशत घटेको छ । आइतबार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया