अतिरिक्त हुलाकका कर्मचारीहरू आन्दोलनमा

जनकपुरधाम- काजबाट हटाएर सरकारले अन्याय गरेको भन्दै अतिरिक्त हुलाक कार्यालय खारेजको निर्णय फिर्ताको माग गर्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेजको निर्णय सरकारले न्यायपूर्ण व्यवहार नगरेको भन्दै तिनीहरू जनकपुरधामस्थित हुलाक कार्यालयमा तालाबन्दी गरी गत असार ५ गतेदेखि नै आन्दोलनमा छन् ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको अगुवाइमा उनीहरूले जिल्ला हुलाक कार्यालय अगाडि धर्नामा बसेका छन् । अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरू विभिन्न ४ वटा माग अगाडि सारेका छन् ।
अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन धनुषाको विरोध कार्यक्रमका संयोजक जिल्ला अध्यक्ष प्रदीपकुमार यादवले आफूहरूलाई सरकारले व्यवस्थापन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।
अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर्न, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरूको रोजगारी नखोस्न, हुलाकको संरचना खारेज होइन यसको सेवाको पुनःसंरचना गर्न र राजीनामा दिइ सेवाबाट नियमित रूपमा अवकाश भएका वा हुने कर्मचारीहरूको सेवा अवधि तथा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
अतिरिक्त हुलाक, इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयहरूमा माग पूरा नभएसम्म प्रदर्शनका साथै कामकाज ठप्प पारी तालाबन्दी जारी राख्ने अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन धनुषाका अध्यक्ष दिनेश यादवले बताए ।
आन्दोलनरत पक्षले गरेको आन्दोलनका कारण कामकाजमा प्रभाव परेको हुलाक कार्यालय धनुषाका प्रमुख साहले बताए । उनले भने, 'उनीहरूको आन्दोलन ५ गतेदेखि रहे पनि कार्यालयका काम शुक्रबारदेखि प्रभावित रहेको छ ।'

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया