वीरेन्द्रनगरको बजेट ३ अर्ब २ करोड ६१ लाख

सुर्खेत- आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि वीरेन्द्रनगर नगरपालिकाले ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँ बजेट ल्याएको छ । नगरपालिकाले आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरेको छ भने नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरेकाे छ ।
नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै बजेटले विशेष गरी पूर्वाधार शिक्षा र रोजगारीलाई विशेष प्राथमिकता दिएको जनाए । ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मुल नाराका साथ नगरपालिकाले सोहीका आधारमा रहेर बजेट ल्याएको छ ।
यस्तै नगरप्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । जसमा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्नेदेखि हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमहरू समेटिएका छन् ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया