प्रचण्ड सरकार नै अहिलेको एकमात्र विकल्पः सांसद सापकोटा

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन् ।
आइतबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सांसदहरुले संसदमा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने
प्रतिवद्धता जनाइसकेकाले बजेट पास हुने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरेर अहिले कुनैपनि विकल्प नरहेको बताए ।
उनले भने, ‘बजेट पास हुन्छ, सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि बजेट पास हुनेछ । अर्थमान्त्रीज्युले बजे संशोधन गर्छु र उठेका सवाल सुधारेर जान्छु, भन्नुभएको छ, उठेका कुरा सम्बोधन गरिनुपर्छ । अर्थमन्त्रीज्युले प्रतिवद्धता जनाउनु हुन्छ मेरो विचारमा । बाँकी कुरा सुधार गर्ने अधिकार मन्त्रीपरिषद्लाई हुन्छ । त्यसैले यहाँ केही कमिटमेण्ट गराएर पार्टी र संसदलाई आश्वस्त पार्नुहुन्छ । विधि, प्रक्रियामा लगेर उठेका विषय सम्बोधन गर्ने प्रक्रियाबाट अघि बढ्छ । प्रचण्ड सरकार फेरेर अर्को कुनै विकल्प तत्काल छैन । नेपाली काँग्रेस तयार नहुँदासम्म यो सरकार तलमाथि हुँदैन । नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन ।’
उनले नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया