हामीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँः सन्तोष परियार

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
आइतबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहेका परियारले यस्तो बताएका हुन् । उनले बजेट कर्मकाण्डी आएको बताए । उनले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने बताए । उनले संसदमा पहिलो र दोस्रो ठूलो दल काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको बताए ।
उनले भने, ‘बजेट कर्मकाण्डी आएको छ । अर्को पटक यस्तो आउने छैन । हामीले त्यसको तयारी गरिरहेका छौँ । यसका सैद्धान्तिक छलफलदेखि यसका नीति तथा कार्यक्रमदेखि लिएर सारा कुरालाई रि फ्रेम गर्नुपर्छ । त्यो गर्न राष्ट्रिय स्वतन्त्र पार्टी तयार छ । हामी जुन लोकतान्त्रिक व्यवस्थामा छौँ, त्यो व्यवस्थामा सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ । बजेटकै कारण अहिलेको सरकार यताउति हुनेकुरा हामीलाई थाहा छैन । रास्वपा स्थायी सरकारको पक्षमा छ । हामी देश र जनताको मुद्दा उठाइरहने तर सरकारले वास्ता नगर्ने हो भने हामी टुलुटुलु हेरेर बस्दैनौँ । काँग्रेस र एमाले संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँछन् भन्ने लाग्दैन ।’
रास्वपा स्थायी सरकारको पक्षमा रहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया