उदयपुरका आठवटै स्थानीय तहद्वारा नीति कार्यक्रम सार्वजनिक

काठमाडौँ- चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुर जिल्लाका आठवटै स्थानीय तहले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ लागि अनुमानित आय व्यय तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । उदयपुरका सबै पालिकाहरूले आ–आफ्नो भूगोल, जनसङ्ख्या र आवश्यकताका आधारमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन विकास र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरूलाई मुख्य प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन ।
उदयपुर जिल्लाका आठवटा पालिकामा जम्मा ५ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ । जस अनुसार त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४७ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ भने कटारी नगरपालिका ८३ करोड ८६ लाख, बेलाका नगरपालिका ७७ करोड, चौदण्डीगढी नगरपालिका ७५ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
त्यस्तै गाउँपालिका तर्फ उदयपुरगढी गाउँपालिकाले ८० करोड २७ लाख, रौतामाई गाउँपालिकाको ५३ करोड ५६ लाख, ताप्ली गाउँपालिकाको ३६ करोड ६ लाख र लिम्चुङ्गबुङ्ग गाउँपालिकाको ३६ करोड ३० लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

प्रतिक्रिया