आरोपितलाई संरक्षण गर्न प्रहरीद्वारा निषेधाज्ञा अवहेलना

जनकपुरधाम- उच्च अदालतको आदेश कार्यान्वयनमा धनुषा प्रहरी प्रशासनले आरोपितलाई संरक्षण दिन अवहेलना गर्दै आएको देखिएको छ ।
उच्च अदालतले धनुषाको पोर्ताहामा सञ्चालित न्यू उज्वल सप्लायर्स र लवकुश बालुवा प्रशोधन उद्योग प्रा.लि. माथि गैरकानुनी रूपमा कब्जा गरेको रिट सम्बन्धमा जारी गरेको निषेधाज्ञा आदेश कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय ढल्केवरले बेवास्ता गरेको देखिएको हो ।
न्यू उज्वल सप्लायर्सका सञ्चालक सुरेन्द्रकुमार सिंह र लवकुश बालुवा प्रशोधन उद्योग प्रा.लि.का सञ्चालक ज्ञानेन्द्रकुमार सिंहले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफूहरूको फार्म कब्जा गरेका स्थानीय गणेशमान चारनाथ नगरपालिका-८ का अच्छेलाल महतोलगायत व्यक्तिलाई संरक्षण गर्न प्रशासनले अदालतको आदेशलाई अवहेलना गर्दै निषेधाज्ञा कार्यान्वयन नगरेको आरोप लगाए ।
उनीहरूले भने, 'आफूले अच्छेलालसहित आपराधिक समूहका व्यक्तिले हप्ता असुलीको नाममा, ५ लाख रुपैयाँ महिनावारी ट्याक्सका रूपमा नदिए उद्योग व्यवसाय नै चल्न नदिने भनी कब्जा गरेर राखेका सम्पति छुटाउन र शान्ति सुरक्षाका लागि सुरुमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा लिन मानेनन् । पछि हुलाक मार्फत पठाए पनि प्रहरी प्रशासनले कुनै पहल नगरेपछि बाध्य भएर उच्च अदालतमा मुद्दा दायर गर्दा निषेधाज्ञाको अन्तरिम आदेश जारी भयो । तर, सो आदेश कार्यान्वयन नहुँदा पुन: अदालतमा आदेशका लागि निवेदन दियौँ ।'
अदालतले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इप्रकालाई आदेश कार्यान्वयनका लागि पत्राचार मार्फत निर्देश दिँदा पनि ती निकायहरूबाट अवहेलना गरिँदै आएको उनीहरूले बताए ।
पत्रकार सम्मेलनमा सुरेन्द्र सिंहले भने, 'आरोपित अच्छेलाल महतो समूहका व्यक्तिहरूले अवैध रूपमा असुल्दै आएको हप्ता असुलीबाट प्रहरी प्रशासनलाई समेत रकम दिने गरेको कारण सुरुमा जाहेरी लिन मानेनन् र अहिले अदालतको आदेश अवहेलना गर्दै संरक्षण दिइरहेका छन् ।' पीडित सिंहद्वय दाजुभाइ हुन् ।
उनीहरूले पोर्ताहामा सञ्चालन गर्दै आएको बालुवा प्रशोधन केन्द्र र सप्लायर्समाथि कब्जा गरी पोर्ताहा निवासी अच्छेलाल महतोको नेतृत्वमा केही व्यक्तिहरूले आफैँ सञ्चालन गर्दै आएका छन् । अच्छेलाल समूहले सञ्चालक सिंहद्वयलाई प्रतिफार्म ५ लाख रुपैयाँको दरले महिनावारी ट्याक्स दिनुपर्ने भन्दै भगाएर आफैँ नक्कली भ्याट बिल छपाएर बिक्री वितरण समेत गर्दै आएका छन् ।
तिनीहरूको आपराधिक कार्यले आजित भई ज्ञानेन्द्र र सुरेन्द्रले जिल्ला प्रहरी कार्यालय पुग्दा सहयोग नभएपछि सप्रमाण अच्छेलाल महतो, उनका छोरा अमित कुशवाहा, किशोरी महतो, लालबाबु महतो र जिल्ला प्रहरी कार्यालय तथा डिएसपी वेदप्रसाद गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।
'अदालतको आदेश अवहेलनाबारे जिप्रका धनुषाका प्रवक्ता समेत रहेका डिएसपी गौतमले अदालतको निषेधाज्ञाबारे राम्ररी बुझ्न पाएको छैन, तर तिनीहरूबीच पार्टनरसीपको विवाद रहेको सुन्नमा आएको छ । प्रजापति भन्ने थरका व्यक्तिसँग तिनीहरूको पार्टनरसीप रहेको छ । तिनीहरूबीचको विवादबारे अदालतमा मुद्दामा चालु अवस्थामा रहेकाले केही गरेको छैन । अब बुझ्छु के हो ?' उनले भने ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया