नेपालको एकदिवसीय वरीयता यथावत

काठमाडौँ- नेपालको आईसीसीअन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता यथावत रहेको छ । आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालको वरीयता यथावत रहेको हो ।
नयाँ वरीयताअनुसार नेपाल १४ औँ स्थानमा यथावत रहेको छ । स्कटल्यान्ड र आयरल्यान्ड भने नेपाल भन्दा माथि रहेका छन् । अस्ट्रेलिया, पाकिस्तान र भारत वरीयताको शीर्ष ३ मा रहेका छन् ।
जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा अहिले नेपालसँगै अन्य ९ राष्ट्रको सहभागिता रहेको छ । विश्वकप छनोटमा नेपालले ३ खेलमा पराजय भोगिसकेको छ भने एक खेलमा जित हात पारेको छ ।
एकदिवसीयको ब्याटिङतर्फ भने नेपालका आशिफ शेख र रोहित पौडेल समान ६८ औँ स्थानमा छन् । बलिङतर्फ सन्दीप लामिछाने २४ औँ, दिपेन्द्र सिंह ऐरी ५७ औँ, सोमपाल कामी ६७ औँ तथा करण केसी ९२ औँ स्थानमा छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया