अल्पमत-बहुमतकाे खेल : धनुषाका ५ पालिकाले ल्याउन सकेन बजेट

जनकपुरधाम । अल्पमत बहुमतकाे कारण धनुषाको पाँच वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याउन सकेकाे छैन ।
बजेट बाँडफाँटमा विवाद भएपछि अल्पमत परेकाहरूले बजेट ल्याउन नसकेको हाे । असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान छ । तर, जिल्लाका मिथिला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेकाे छैन ।
मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण बजेट प्रभावित हुन गएको बताएका छन् । पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनकाे गुनासाे छ । मेयर महताेले भने ‘दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्यौं । तर दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित भएर सहयाेग गरेनन् ।
यस्तै, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । साे पालिकामा पनि योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ ।
कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेका छैन । उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताइन् ।
जनप्रतिनिधिहरुको विगतकै माग पूरा नभएको कारणले बजेट नआएको उनले बताइन् । यसअघि उनले चालु आर्थिक वर्षको नगरसभा खारेजको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा नै दिएकी थिइन् ।
शहीदनगर नगरपालिकामा नगरसभा हुने बारे कुनै तयारी छैन् । जनप्रतिनिधिहरु नगर प्रमुखसँग असन्तुष्ट छन् । नगर प्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताएका छन । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उनले बताए ।
यस्तै, औरही गाउँपालिकाका अध्यक्ष उमाशंकरप्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विवाद खडा गरेको कारण बजेट ल्याउन नसकेकाे बताएका छन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया