आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता, माेरङमा जाजुलाई जन्मका आधारमा पहिलो नागरिकता

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिका–९ का रोहित जाजुलाई जन्मका आधारमा पहिलो नागरिकता दिएको छ ।
सोमबारदेखि सुरु भएको जन्मको आधारमा नागरिकता प्रमाणपत्र वितरणका क्रममा उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले पहिलो सेवाग्राहीका रुपमा रोहितलाई वंशजका आधारमा नागरिकता गरेका हुन् ।
नेपालमा जन्मको नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न सर्वोच्च अदालतको संयुक्त इजलासले बाटो खोलेपछि नागरिकता वितरण कार्य अघि बढाइएको हो । नागरिकता वितरण कार्यलाई व्यवस्थित गर्न मोरङ प्रशासनले टोकन प्रणाली लागू गरेको छ ।
जन्मको आधारमा नागरिकता लिने व्यक्तिसँग आमा र बाबु दुवैको नागरिकता अनिवार्य हुनुपर्ने, नेपालमा स्थायी बसोबास भएको खुल्ने गरी परिवारका सवै सदस्यको बसोबास प्रमाणित पत्र लगायतका कागजात अनिवार्य गरिएको छ ।
सोही व्यवस्था अनुसार विराटनगर–९ का नन्दकिशोर जाजु र सुमन जाजुका छोरा रोहितलाई पहिलो नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिए । उनले नागरिकता नपाएको भन्दै काठमाडौंमा आत्मदाहको प्रयास गरेका मोरङको कटहरीका निरज कामतलाई पनि नागरिकता प्रदान गरिएको बताए ।
नागरिकताविहिन संघर्ष समितिले काठमाडौंको माइतीघरमा आयोजना गरेको विरोध कार्यक्रममा निरजले आत्मदाहको प्रयास गरेका थिए ।
सहायक प्रजिअ पोखरेलले भने– ‘निरजलाई हामीले आजै नागरिकता प्रदान गरिसकेका छौं ।’

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

प्रतिक्रिया