विश्वकप छनोटः कस्ताे रह्याे नेपाली खेलाडीकाे प्रदर्शन

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले समूह चरण पार गर्न सकेन । नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय भोग्यो । नेपाल समूह चरणमा टेस्ट राष्टद्वय जिम्बाब्वे र वेस्ट इन्डिज तथा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
नेपालले एक खेलमात्र जितेको थियो । जित अमेरिका विरुद्ध आयो । नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
विश्वकप छनोटमा नेपालले प्लेअफका अझै दुई खेल खेल्न बाँकी नै छ । तर समूह चरणमा खेलेका चार खेलमा सर्वाधिक रन हिर्काउने खेलाडीमा कुशल भुर्तेल तथा सर्वाधिक विकेट लिने खेलाडीमा गुल्सन झा रहेका छन् ।
कुशल भुर्तेलले ४ इनिङ्समा १७० रन जोडेका छन् । उनले आयोजक जिम्बाब्वेविरुद्ध ९५ बल खेल्दै सर्वाधिक ९९ रन हानेका थिए । उनी टेस्ट राष्ट्रविरुद्ध शतक हिर्काउनबाट एक रनले पछि परे ।
कुशलले अमेरिकाविरुद्ध ५४ बलमा ३९ रन, वेस्ट इन्डिजविरुद्ध ६ बलमा ५ रन र नेदरल्याण्ड्सविरुद्ध ५२ बलमा २७ रन जोडे ।
कप्तान रोहित पौडेल नेपालका लागि सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । रोहितले ४ खेल खेल्दा ११० रन जोडेका छन् । उनले नेदरल्याण्ड्सविरुद्ध ५५ बलमा ३३ रन जोडे । रोहितले जिम्बाब्वेविरुद्ध ३१, अमेरिकाविरुद्ध १६ र वेस्ट इन्डिजविरुद्ध ३० रन जोड्न सफल भए ।
आशिफ शेख सूचीको तेस्रो स्थानमा छन् । आशिफले ४ इनिङ्स खेल्दै १०६ रन जोडेका छन् । उनले आयोजक जिम्बाब्वेविरुद्ध १०० बल खेल्दै ६६ रन हानेका थिए । आशिफले अमेरिकाविरुद्ध १२ र वेस्ट इन्डिजविरुद्ध २८ रन जोडे । नेदरल्याण्ड्सविरुद्ध आशिफले कुनै रन जोड्न सकेनन् ।
विश्वकप छनोटमा नेपालका लागि सर्वाधिक विकेट लिएका गुल्सन झाले ६ विकेट हात पारेका छन् । उनले अमेरिकाविरुद्ध १० ओभर बलिङ गर्दा ५२ रन खर्चेर ३ विकेट लिए । गुल्सनले जिम्बाब्वे ,वेस्ट इन्डिज र नेदरल्याण्ड्सविरुद्ध १-१ विकेट लिए ।
नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा करण केसी रहेका छन् । करणले ४ खेलमा ५ विकेट लिएका छन् । उनले अमेरिकाविरुद्ध ९ ओभर बलिङ गर्दा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । वेस्ट इन्डिजविरुद्ध १ विकेट लिएका करणले नेदरल्याण्ड्स र जिम्बाब्वेविरुद्ध भने विकेट लिन सकेनन् ।
ललित राजवंशी सूचीको तेस्रो स्थानमा छन् । ललितले खेलेका ३ खेलमा ४ विकेट लिएका छन् । उनले वेस्ट इन्डिजविरुद्ध १० ओभर बलिङ गर्दा ५२ रन खर्चेर ३ विकेट लिए । जिम्बाब्वेविरुद्ध खेल्न नपाएका ललितले अमेरिकाविरुद्ध १ विकेट हात पार्दा नेदरल्याण्ड्सविरुद्ध विकेटविहिन भए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया