शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

​सांसद पौडेलकाे प्रश्न : पशुपतिको जलहरी प्रकरणकाे सत्यतथ्य के हाे ?

काठमाडाैँ– प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले ​पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्य तथ्य जानकारी संसदमा गराउन माग गरेका छन् । 

उनले भने, ‘पशुपतिनाथ मन्दिर परिसरको गर्भ गृहमा रहेको जलहरीको बारेमा यो सदनमा निकै चर्चा भयो । आजपनि देशका प्रमुख मिडियामा यो बारेमा प्रश्न उठेको छ । भएको के हो त्यहाँ ?'

उनले थपे, 'आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजि गरेर तौलिँदै हुनुहुन्छ भन्ने हामी सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन ।'

उनले सदनमा सत्यतथ्य जानकारी गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।