शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

भारतीय संसद् भवनमा राखिएको नक्सा राजनीतिक विषय नभएको भारतीय पक्षको आधिकारिक धारणा आइसक्यो : मन्त्री साउद

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले भारतको संसद भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साउदले सो नक्साको विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली राजदूतलाई निर्देशन दिइसकिएको बताएका हुन् । उनले यसप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको भन्दै नक्साको विषय राजनीतिक विषय नभएको भनि भारतीय सरकारका विदेशमन्त्रीबाट आधिकारिक धारणा समेत आइसकेको बताए ।

उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिनपनि अतिक्रमण हुन नदिन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।