जेम्स बन्ड सिरिज बनाउने फिल्म कम्पनी किन्दै अमेजन

अमेरिका : हलिउडको १ वर्ष पुरानो फिल्म कम्पनी ‘मेट्रो गोल्डेवेन मेयर’ (एमजीएम) अमेजनले लिने भएको छ । बीबीसीले लेखेको खबर अनुसार अमेजनले यो कम्पनी १ अर्ब अमेरिकी डलरमा किन्न लागेको हो ।
अमेजनले किनेसँगै एमजीएमले बनाएका हजारौं फिल्म अमेजन प्राइमको प्लेटफर्ममा उपलब्ध हुनेछन् । एमजीएमले थुप्रै आइकोनिक फिल्म बनाएको छ ।
टेलिकम्युनिकेसन कम्पनी एटी एन्ड टीले डिस्कभरी च्यानलसँगै वार्नर मिडियाको युनिट किन्ने सम्झौता गरे लगत्तै अमेजनले एमजीएम किन्न लागेको हो ।
एमजीएमसँग सय वर्ष पुराना फिल्म ‘बेन हर’ र ‘विजार्ड अफ ओजी’ देखि प्रदर्शनको पर्खाइमा रहेको जेम्स बन्ड सिरिजको ‘ नो टाइम टु डाई’सम्म छन् । अमेरिकामा अहिले ठूला कम्पनीले साना कम्पनी लिने होड नै चलेको छ ।
यसमा वार्नर सबैभन्दा अघि देखिएको छ । वार्नरले केही समय अघि एचबीओ र एचबीओ म्याक्स पनि आफू मातहत ल्याएको थियो । यति गर्दा पनि एचबीओसँग जम्मा ६४ मिलियन ग्राहक छन् जबकि नेटफ्लिक्ससँग २ सय ८ मिलियन । डिज्ने प्लससँग सय मिलियन रहेको बताइएको छ ।
यो विषयमा अमेजन र एमजीएमको भने आधिकारिक धारणा आइनसकेको छैन । तर, अमेजनले नेटफ्लिक्ससँग प्रतिस्पर्धा गर्न यो कदम चालेको अनुमान गरिएको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया