शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

सरकारले आउने निर्वाचनलाई प्रभाव पार्न नियोजित ढंगले खारेज गर्न खोजेको हो : पदम गिरी

काठमाडौँ– नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक पदम गिरीले सरकारले आउने निर्वाचनलाई प्रभाव पार्न नियोजित ढंगले खारेज गर्न खोजेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘यो सरकारले नबुझीकन नसोचिकन निर्वाचन कार्यालय खारेज गर्ने कार्यक्रम ल्याएको छैन,’ उनले भने, ‘सरकार यो मुलुकको निष्पक्ष निर्वाचनको विपक्षमा छ । नियोजित ढंगले आउने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य यस भित्र अन्तरनिहित छ । यी सबै कुरालाई बुझेर निष्पक्ष र स्वतन्त्र ढंगले गर्ने कार्यालयलाई खारेज गराउने र जिल्ला प्रशासन कार्यालयमा लगेर एउटा इकाइको रुपमा गर्ने काम नियोजित ढंगले भएको  छ ।’

सत्ताधारी दलले जनतामा विश्वास गुमेका कारण आगामी निर्वाचनमा प्रभावित गर्ने यस्तो निर्णय गरेको उनको भनाइ छ । मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सुरुमै उठेर यसको विरोध जनाएका थिए ।