सूर्याको तमिल फिल्म आइएमडीबी रेटिङको तेस्रो नम्बरमा

मुम्बई : संसारको सबैभन्दा ठूलो फिल्म उद्योग हुनुका बावजुद हिन्दी फिल्मले उल्लेख्य अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न नसकेको भनी आलोचना हुने गरेको छ । वर्षेनी हजारको संख्यामा भारतभरबाट फिल्म बन्छन् तर भारतीय फिल्मले न आजसम्म भेनिस जितेका छन् न कान्स । अस्करमा समेत दुई तीन पटकभन्दा अन्तिम ९ मा पुगेका छैनन् ।
एकदमै धेरै खुशी हुनुपर्ने र विश्वसनीय खबर त हैन तर पनि तमिल फिल्मले मन बुझाउने उपलब्धि हासिल गरेको छ । आइएमडीबीका अनुसार तमिल स्टार सूर्या अभिनीत फिल्म ‘सुरराई पोट्टरु’ विश्वभरका फिल्ममध्ये सबैभन्दा धेरै रेटिङ पाउने फिल्ममा तेस्रो नम्बरमा परेको छ ।
यो फिल्म आइएमडीबीमा ९.१ सहित तेस्रो नम्बरमा आएको हो । पहिलो नम्बरको ‘दि सशांक रिडेम्सन’ को ९.२ छ भने दोस्रो नम्बरको ‘गडफादर’को ९.१ नै छ । सूर्याको यो फिल्मभन्दा अघि टिम रोबिन्स र मोर्गान फ्रिम्यान अभिनीत ‘दि सशांक रिडेम्सन’ र मार्लन ब्रान्डो, अलि पेचिनो अभीनीत ‘गडफादर’ छन् ।
आइएमडीबीको रेटिङको पहिलो स्थानमा ‘दि सशांक रिडेम्सन’ छ भने दोस्रोमा ‘गडफादर’ । तेस्रो स्थान भने सूर्याको ‘सुरराई पोट्टरु’ले पाएको हो । यो फिल्ममा सूर्याले भारतीय वायुसेनाको एक अधिकृतको भूमिका निर्वाह गरेका छन् जो आफ्नो ठाउँमा सस्तो मूल्य हवाई सेवा दिन संघर्ष गर्छ । फिल्ममा परेश रावलसमेत महत्वपूर्ण भूमिकामा छन् ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया