सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

काठमाडौँ - सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरेको हो ।
अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शर्मालाई पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । शर्मा यसअघि भारतमा लुकीछिपी बस्दै आएका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम शर्माले कानुन विपरीत आफ्ना विभिन्न कम्पनी तथा फर्ममा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ ।
बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकहरुविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए । सूचना जारी गरी सिआइवीले भक्तपुरमा कार्यालय भई काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्यूरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोधसमेत गरेको छ ।
रासस

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया